ADVERTISING

Breaking News

अमेरिकी राष्ट्रपति ट्रम्पले पनि अंगाले नमस्ते

एजेन्सी । बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ओभल अफिसमा रमाइलो दृश्य देखियो । ओभल अफिसमा  राष्ट्रपति   ट्रम्प र आयरल्यान्डका प्रधानमन्त्री लिओ भरदकरले भेटघाटमा  हात मिलाउनुको साटो नमस्कार गरी अभिवादन गरे ।

कोरोना भाइरसको संक्रमण विश्वभर बढ्दै जाँदा जोखिम कम गर्न स्वास्थ्य अधिकारीहरूले हात नमिलाउन र एकअर्कासँग पर बस्न आग्रह गरेका छन्। त्यही सुझावलाई मानेर दुई देशका प्रमुख नेताले ह्वाइट हाउसमा नमस्कार गरेका हुन्।
सेन्ट प्याट्रिक्स डेको एक दिनअघि आयरल्यान्डका सरकार प्रमुख अमेरिकी राष्ट्रपतिलाई भेट्न जाने परम्परा छ।

अभिवादनका क्रममा ट्रम्पले भने, हामीले एकअर्कालाई हेर्यौं र अब के गर्ने भनेर भन्यौं। त्यो एक खालको अनौठो भावना थियो। हात मिलाएनौं,नमस्कार गर्यौ ।

केही समयअघि भारत भ्रमणका क्रममा नमस्कार गर्ने चलन देखेको ट्रम्पले बताए ।

leave a reply