काठमाडौंका मेयर बालेन साह ब्राजिल प्रस्थान
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गरेका छन्। असार ५ र ६ गते (जुन १९ र २०, २०२४)मा ब्राजिलको साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा भाग लिन उनी सोमबार ब्राजिल प्रस्थान गरेका हुन्।मेयर साहलाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, स्वकीय सचिव भूपदेव शाह, सचिवालय सदस्य धिरज जोशी र नविन भण्डारीले त्रिभुवन विमानस्थलको विशिष्ट कक्षबाट विदाइ गरे ।
बैठक सम्पन्न गरेर मेयर साह असार ८ गते स्वदेश फर्कने कार्यक्रम तय भएको छ। उनका साथमा पूर्वाधार सल्लाहकार सुनिल लम्साल छन्।
मेयर बालेन मेट्रोपोलिस निर्देशक बोर्ड सदस्य हुन् । मेट्रोपोलिस विश्वका ठूला महानगरहरूका बीचमा विश्वव्यापी सहयोग, संवाद, ज्ञान र समाधान आदानप्रदान गर्ने, सामूहिक आवाज बुलन्द गर्ने अन्तरराष्ट्रिय संस्था हो ।
माल्दिभ्सको हरित अभियान : ५० लाख रुख रोप्ने योजना
सोमबार घरेलु मैदानमा अन्तर्राष्ट्रिय महिला फुटबल शुभारम्भ हुँदै
पाँचौं मेचीनगर गोल्डकपको लोगो सार्वजनिक
उत्तर कोरियाले करिव ६ सय फोहोरले भरिएका बेलुन सीमा क्षेत्रमा पठाएको दक्षिणको…
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने : गृहमन्त्री लेखक
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ

प्रतिक्रिया