चितवनको फिस्लिङमा कारसँग ठोक्किएको बस त्रिशूली किनार खस्यो

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना–३ फिस्लिङमा कारसँग ठोक्किएर बस त्रिशूली नदी किनारमा खस्दा १७ जना घाइते भएका छन् । नेपालगन्जबाट काठमाडौंतर्फ गइरहेको भे १ ख ४०६२ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०१–०२९ च ३७२० नम्बरको कार आज बिहान ७ बजेर २५ मिनेटमा ठक्कर खाँदा बस सडकबाट त्रिशूली नदीमा किनारमा खसेको हो । कार र बसमा गरेर १७ जनाको उद्धार गरी उपचारका लागि भरतपुरका अस्पतालमा भर्ना गरिएको छ । बस त्रिशुली नदीमा डुब्नबाट चालकले जोगाएको हुँदा बसमा सवार अधिकांश यात्रु सामान्य घाइते मात्रै रहेका छन । दुर्घटनामा कारमा सवार २ र बसका चालक गम्भीर घाइते छन । दुर्घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुले घाइतेहरुको तत्काल उद्वार गरि विभिन्न अस्पतालहरु पठाइएको थियो । प्रहरीका अनुसार बसमा चालकसहित ३५ जना र कारमा ५ जना सवार थिए । 

प्रतिक्रिया