पाल्पामा जीप दुर्घटना हुँदा ९ जना घाइते

पाल्पामा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

निस्दी गाउँपालिका–४, स्थित झ्याङ्लिङ् सडक खण्डमा बिहान सवा ४ बजेतिर जीप दुर्घटनामा परेको हो । रामपुर अस्पतालमा सञ्चालित डेन्टल शिविरमा गई फर्किने क्रममा जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाइतेहरुको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये पाँचजनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया