बेल्जियम, स्पेन र पोर्चुगलद्वारा युक्रेनलाई सैन्य सहायता घोषणा
युरोपका तीन राष्ट्र बेल्जियम, स्पेन र पोर्चुगलले युक्रेनलाई करिब २ अर्ब डलर बराबरको सैन्य सहायता उपलब्ध गराउने भएका छन् । युरोपको तीन राष्ट्रको भ्रमणमा रहेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हिजो बेल्जियम, स्पेन र पोर्चुगलका प्रधानमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै दुई पक्षीय सैन्य सहायता सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतामा लडाकू विमान एफ–१६ पनि समावेश छ । यस वर्षको अन्त्यमा एफ–१६ को पहिलो खेप युक्रेन पठाउने समझदारी भएको छ । उता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने युक्रेनले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । पश्चिमाद्वारा प्रदान गरिएका हतियारले रुसमाथि आक्रमण भए युद्धले अर्कै मोड लिने र युद्ध थप भड्किने भन्दै पुटिन जेलेन्स्कीमाथि खनिएका हुन् ।
प्रतिक्रिया