पेटीको लागि महानगरको भत्काएको सडकमा सडक विभागको कालोपत्रे

काठमाडौँ महानगरपालिकाले न्यूरोडको सडकमा फुटपाथ बनाउने योजनामा सडक विभागले हस्तक्षेप गरेको छ ।  सडक विभागले आज बिहानदेखि महानगरले बनाउन थालेको फुटपाथमा कालोपत्रे अर्थात पिच गरेको हो । सडक विभागले पिच शुरु गरेपछि महानगर प्रहरी सो क्षेत्रमा गएर काम रोक्न प्रयास गरेपछि तनाव भएको हो । अहिले केहि स्थानीयहरू महानगरको योजनाको विरुद्ध देखिएपछि तनाव बढेको छ । यस अघि एमालेसम्बद्ध स्थानीयले महानगरको फुटपाथ बनाउने योजनामा अवरोध गरेको भन्दै मेयर बालेन शाहले एमाले अध्यक्ष केपी ओलीलाई गिरिबन्धुमा गरेको नीतिगत भ्रष्टाचारको विषयलाई विषयान्तर गर्न न्यूरोडको फुटपाथ बनाउने योजनाको विरोध गरेको आरोप लगाएका थिए ।सडक टाल्ने काममा महानगर प्रमुख शाहका समर्थकले अवरोध गरेपछि विवाद सिर्जना भएको हो ।  प्रमुख शाहको निर्देशनमा जेठ १२ गते पीच काटिएको थियो । सडक डिभिजन कार्यालयले आफ्नो क्षेत्राधिकारको सडकमा हात हालेको भन्दै महानगरलाई दुई दिनको अल्टिमेटम दिएर सडक जस्ताको तस्तै पार्न भनेको थियो । तर, महानगरले नबनाएपछि सडक विभागले सडक टाल्न सुरू गरेको थियो। 
 

प्रतिक्रिया