सुडानका ७ लाख ५५ हजार मानिस चरम भोकमरीको अवस्थामा
काठमाडौ । सुडानमा दर्जन बढी स्थानमा भोकमरीको जोखिम देखिएको छ । संयुक्त राष्ट्रसंघले सुडानका १० राज्यका सात लाख ५५ हजार मानिसहरु भोकमरीको विपत्तिजनक पाँचौ चरणको सामना गरिरहेको जनाएको हो । सुडानका ८५ लाख मानिस अर्थात् १८ प्रतिशत जनसङ्ख्या खाद्य सुरक्षाबाट पीडित रहेको विज्ञप्तिमा भनिएको छ । सुडान सन् २०२३ अप्रिलको मध्यदेखि सुडानी सशस्त्र बल र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सबीचको घातक द्वन्द्वमा फसेको छ । उक्त द्वन्द्वका कारण १६ हजार छ सय ५० भन्दा बढीले ज्यान गुमाइसकेका छन् । मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्र सङ्घले प्रयास गरिरहेको जनाएको छ । सुडानबाट स्वतन्त्र हुनका लागि गरिएको युद्धका क्रममा सन् १९९८ मा भोकमरी सुरु भएको थियो । यसअघि विश्व खाद्य कार्यक्रमले सुडानका विभिन्न स्थानमा २ करोड सम्म मानिस भोकमरीबाट पीडित हुन सक्ने चेतावनी दिएको थियो ।

अध्यक्ष दाहालले भने, विद्यार्थी नहुने तर नेता हुने स्थिति चुनावबाट अन्त्य भयो
पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’
गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो : सञ्चारमन्त्री गुरुङ
_5MPvEqBnbv_enzpdf3pfo2uhuiuyqhjddbla3m93xfs4rp9njozpz73gx6vtrfibvzugg5v_YbAequ1o3X_vnhmo0wd0it6cwqkpz5fs4ykdb0ls573vmjozb6fymmbnsmgopyakipshshn.jpg)
प्रतिक्रिया