विभिन्न मागसहित सडकमा उत्रिए सुनचाँदी व्यवसायी
![](https://snowberry.prixacdn.net/media/gallery_folder/gold-silver-assocation-protest-3_J1OTQIW3Bn_cntgs8tiiesxd3wfrtcf6kasmyobil74vvv2qclwdxf8whzae2qdnd2vjil8_GvCRar3E1U_fd3xbdbubq86hi4v4fcbbru8mhxy8ojkfr96fsoekqy3wp1yxcqao0gvhgn9.jpg)
सुनचाँदी व्यवसायीले नेपाल राष्ट्र बैंकले सुन आयातमा लगाएको कोटा र भन्सार वृद्धिको विरोधमा प्रदर्शन गरेका छन् । १४ वर्ष देखि लागु गरिएको सिन्डिकेट र नयाँ बजेटमार्फत सुनमा लगाइएको भन्सार वृद्धिको विरोधमा संयुक्त सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समिति आन्दोलित भएको हो। दुवै संगठनले आइतबार माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् ।
अघिल्लो वर्ष राष्ट्र बैंकले दैनिक १० किलोग्राम (केजी) सम्म सुन आयात हुँदै आएकोना बढाएर दैनिक २० किलोग्रामसम्म आयात गर्न पाउने गरी केन्द्रीय बैंकले नयाँ व्यवस्था गरेको थियो । तर यसमा पनि भन्सार महँगो परेको भन्दै व्यापारीले विरोध गरेका हुन् ।
सुनमा लगाइएको सिन्डिकेट तुरुन्त खारेज गर, सुनमा अव्यवहारिक भन्सार वृद्धि तुरुन्त खारेज गर, सुनचाँदी व्यवसाय तथा कालीगढ मैत्री निति-निर्देशिका र ऐन लागु गरसहितका मागसहित उनीहरूले प्रदर्शन गरेका हुन् ।
प्रतिक्रिया