क्यानडालाई हराउदै अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा

काठमाडौ । अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको मेटलाइफ स्टेडियममा आज बिहान भएको खेलमा क्यानडालाई २–० गोल अन्तरले हराउँदै  उपाधि नजिक पुगेको हो ।  १५ पटकको च्याम्पियन अर्जेन्टिनाका लागि पहिलो हाफको २२औँ मिनेटमा जुनियल अल्भारेजले गोल गर्दै अग्रता लिए । अर्जेन्टिनाका लागि दोस्रो गोल ५१औँ मिनेटमा लियोनल मेस्सीले गरे । जारी कोपा अमेरिकामा मेस्सीको यो पहिलो गोल हो । यस्तै क्यानडाविरुद्धको गोलपछि उनी सिनियर अन्तर्राष्ट्रिय फुटबलमा दोस्रो सर्वकालिन सर्वाधिक गोलकर्ता बनेका छन् । मेस्सीको अन्तर्राष्ट्रिय गोल संख्या एक सय ९ पुगेको छ। तेस्रो स्थानमा रहेका अली दाईको एक सय ८ गोल छ । क्रिस्टियानो रोनाल्डोले एक सय ३० गोल गरेका छन । उपाधिका लागि अर्जेन्टिनाले भोलि हुने कोलम्बिया र उरुग्वेको विजेतासँग खेल्नेछ ।  मेस्सी आफ्नो खेल जिवनमा पाचौँपटक कोपा अमेरिकाको फाइनल पुगेका हुन् ।

प्रतिक्रिया