एमालेलाइ सरकारबाट हटाउने र पार्टी ध्वस्त बनाउने गलत मनसायले पार्टी विभाजन भएको ओलीको दाबी

नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई सिध्याउने विरोधीहरुको योजना असफल पारिएको बताएका छन । एमाले काभ्रेको एघारौं जिल्ला अधिवेशन उदघाटन गर्दै अध्यक्ष ओलीले देशभित्र र बाहिर सबैतिरका प्रतिक्रियावादी शक्तिहरु एकै ठाउँमा जम्मा भएर एमालेविरुद्ध हमला गरेको भए पनि एमालेले परास्त गरेको बताएका हुन । अध्यक्ष ओलीले पार्टी विभाजन कुनै मतभेदले भएको नभइ एमालेलाई टुक्राउने, सरकारबाट हटाउने र पार्टी ध्वस्त बनाउने गलत मनसायका साथ भएको दाबी गरे । देश विकासका लागि तीनै तहमा एमालेको बहुमत सरकार आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य गुरु बराल, पोलिटब्युरो सदस्य गोकुल बास्कोटा, कृष्ण राई, प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंङ्गेल, जिल्ला अध्यक्ष अशोक ब्याञ्जु लगायतले एमाले अधिबेशन, आगामी कार्यभार र नेतृत्वका सन्दर्भमा धारणा राखेका थिए । 
 

प्रतिक्रिया