टेक्नोलोजीको क्षेत्रमा ५ वर्षसम्म कुनै पनि करका नीतिहरुमा परिवर्तन नगर्ने अर्थमन्त्रीको आश्वासन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले इन्फरमेसन टेक्नोलोजीको क्षेत्रमा ५ वर्षसम्म कुनैपनि करका नीतिहरुमा परिवर्तन नगर्ने आश्वासन दिएका छन् । शनिवारबाट ललितपुरमा शुरु भएको राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन, २०८१ लाई सम्बोधन गर्दै उनले आइटी क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने बताएका हुन् । अर्थमन्त्री पुनले इन्फरमेसन टेक्नोलोजीको क्षेत्रमा नेपालले अब फड्को मार्नुपर्ने समेत बताए । उनले १० वर्षमा ३० खर्बको आइटी उत्पादन निर्यात गर्नसक्ने महत्वाकांक्षी योजना सरकारले ल्याएको बताए । उनले सात प्रदेशमा नै हबको रुपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गरे । सरकारको तर्फबाट काठमाडौंमा कम्तिमा १० ठाउँमा तत्काल आइटी सेन्टरहरु स्थापना गर्ने र तीन वर्षलाई कुनैपनि शुल्क नलिने बताए । 
अर्थमन्त्री पुनले गत आर्थिक वर्षमा ६६ अर्ब बराबरको आइटी सेक्टरको सेवा निर्यात गरेको र आगामी एक वर्षभित्र १ खर्बको आइटी उत्पादन निर्यात गर्ने लक्ष्य राखेको बताए । 

प्रतिक्रिया