बैदेशिक रोजगार विभाग अगाडि आइटी आर्मीको विरोध प्रदर्शन

आम जनता पार्टी निकट आइटी आर्मीले वैदेशिक रोजगार विभाग अगाडि बिरोध प्रदर्शन गरेको छ । आज वैदेशिक रोजगार विभाग अगाडि भेला भइ पार्टीका कार्यकर्ताले धर्ना तथा प्रदर्शन गरेका हुन । प्रदर्शनलाई सम्बोधन गर्दै आईटी आर्मीका अध्यक्ष चन्द्रभूषण साहले वैदेशिक रोजगार पीडितलाई न्याय दिलाउन बिरोध प्रदर्शन गर्नुपरेको बताए ।
अध्यक्ष साहले वैदेशिक रोजगार क्षेत्रमा अवैध तरिकाले बिना भौचर असुली भइरहेको बारेमा खबरदारी गरेको बताए । अवैध रकम असुली रोजगार पीडितलाई फिर्ता नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने चेतावनी दिए । प्रदर्शनमा सहभागीहरुले उनीहरुले बेरोजगार युवाहरुलाई स्वदेशमै रोजगार दे, श्रमिकलाई ठग्न पाइँदैन लगायतका प्लेकार्ड बोकेर बिरोध जनाएका थिए ।
उत्तर कोरियाले करिव ६ सय फोहोरले भरिएका बेलुन सीमा क्षेत्रमा पठाएको दक्षिणको…
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने : गृहमन्त्री लेखक
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ

प्रतिक्रिया