प्रधानमन्त्री दाहाल र  माधव नेपालविच बालुवाटारमा भेटवार्ता

मधेसवाट समाजवादीले मन्त्री फिर्ता बोलाउने

नेकपा एकीकृत समाजवादीले आज सचिवालयको बैठक बोलाएको छ । बैठक आज दिउँसो बस्ने बताइएको छ । बैठकमा मधेस प्रदेश सरकारका विषयमा छलफल हुने बताइएको छ । मधेस सरकारमा पार्टीबाट सहभागी मन्त्रीलाई फिर्ता बोलाउने विषयमा निर्णय पार्टीले गर्न लागेको हो । मधेसका मुख्यमन्त्री सरोज यादव अल्पमतमा परेपछि त्यहाँ नयाँ सरकार गठनको तयारी छ ।माओवादी केन्द्र र एमालेले समर्थन फिर्ता लिएसँग मधेस सरकार अल्पमतमा परेको हो । समाजवादीलाई सरकारबाट फिर्ता हुन एमाले र माओवादी केन्द्रले दबाब बढाइरहेका छन् ।मधेस सरकारमा समाजवादीका तर्फबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुङ्गेली सहभागी छन् । यसैविच प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच  छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबिच भेटवार्ता भएको हो । भेटमा मधेस प्रदेश सरकार गठन र सुदूरपश्चिम प्रदेश सरकारको विस्तारबारे छलफल भएको बताएको छ । 

प्रतिक्रिया