मनसुन तीन चार दिनभित्र नेपाल भित्रने
![](https://snowberry.prixacdn.net/media/gallery_folder/mausam-barsa-paani-pareko-pani-megh-garjan_8MlDVjMXC3_dsmxmuvrrhfypuex6ax4hqxbx3htktw5s1wetn5qdovq4yyzakxpnppjfe0k_UZCkCzNaQZ_4iwuamfd5z4zne8cz6jw7kyspo5wd9rnsivlflqnnwvmc6dg5bqbkvikiruv_o8diV8bC3W_mqgv5kpcfyw2lr7kubi6yqpsisjcp2zezqhowzsvxsgtqefwhfu47lgjn7vq_BhMxPiUthx_kietbugknl2y3onbh4d8hfvg8moovpedxwcp3fmoxzyshetbg5f2o7b0l664.jpeg)
नेपालमा तीन चार दिनभित्र मनसुन भित्रने भएको छ । मनसुन सिक्किम आइपुगेको छ दिन भएकाले तीन चार दिनमा नेपाल प्रवेश गर्ने अपेक्षा गरिएको मौसम विभागले जनाएको छ । कहिलेकाहीँ मनसुन सिक्किम र नेपाल एकसाथ भित्रिने गरेको छ भने कहिले भने सिक्किमबाट नेपाल आउन केही समय लगाउने गरेको छ । नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति जुन १३ आईपुग्न एक साता बाँकी भएपनि यो पटककेही समय अघि नै मनसुन भित्रने अपेक्षा गरिएको छ । नेपालमा सामान्यतया मनसुन सरदर अवधि जेठ १९ देखि असोज १४ गतेसम्म मानिन्छ । आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको विभागले जनाएको छ । सुदूरपश्चिम प्रदेशको उत्तर–पश्चिमी भू–भाग, बागमती प्रदेशको दक्षिण–पूर्वी भू–भाग, मधेस प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्य–पश्चिमी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । अधिकतम तापक्रम देशका अधिकांश स्थानहरूमा सरदरभन्दा बढी देखिएको छ ।
प्रतिक्रिया