७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज ७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानवपाइला टेकेको दिन अर्थात् प्रत्येक वर्ष मे २९ तारिखलाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रूपमा मनाउने सरकारले गरेको निर्णय अनुसार आज सगरमाथा अन्तर्राष्ट्रिय विशेष दिवस मनाउन लागिएको हो । सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथाको चुचुरोमा पहिलोपटक पाइला टेकेको ७१ वर्ष पुगेको छ । यसैबीच आज मूल समारोह समितिले औपचारिक कार्यक्रममा कीर्तिमानी आरोही तथा सहयोगीलाई सम्मान गर्ने कार्यक्रम छ । सगरमाथा आरोहणका यो अवधिमा हालसम्म आठ हजारभन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् । आरोहणका क्रममा तीन सयभन्दा बढीको निधन भएको छरु।  पर्यटन विभागका अनुसार यो याममा सगरमाथा आरोहणका लागि चार सय २४ ले अनुमति लिएकामा आरोही र शेर्पा सहयोगी गरी छ सयभन्दा बढीले सगरमाथा आरोहण गरेका छन् । कामीरिता शेर्पाले ३० पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका छन् । यस्तै यो एकै याममा तीन पटक आरोहण गरेर आरोही पूर्णिमा श्रेष्ठले नयाँ कीर्तिमान बनाएकी छिन् भने उनकै नाममा करिब १५ घण्टामा सगरमाथा आरोहण गरेर पहिलो महिला आरोहीको विश्व कीर्तिमान पनि बनेको छ ।  दिवसको अवसरमा शुभकामना दिदै प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वभरिका साहसिक पर्यटकहरूलाई नेपालतर्फ ध्याकर्षण गराउने तथा नेपाल भित्र्याउनका लागि सगरमाथा दिवसले सहयोग पुग्ने बताएका छन । उनले विश्वव्यापी जलवायु परिवर्तनका कारण तापक्रमको वृद्धिसँगै सगरमाथा लगायतका हिामालहरू यसको असरको चपेटामा पर्दै गएको भन्दै जलवायु परिवर्तनको असरलाई न्यूनीकरण तथा हिमालका फोहोरमैला व्यवस्थापन लगायतका चुनौतीलाई सामना गर्दै हिमाललाई प्रदूषणरहित बनाइराख्न सहकार्य र समन्वयवको आवश्यकता रहेको उल्लेख गरेका छन ।  
 

प्रतिक्रिया

श्रीलंकन एअरलाइन्सको चरम लापरवाही, खेलाडीहरुको लगेज छोडेर पुग्यो कोलोम्बो( भिडियो सहित)

श्रीलंकन एअरलाइन्सको चरम लापरवाही, खेलाडीहरुको लगेज छोडेर पुग्यो कोलोम्बो( भ…

इजरायल सँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने नेता खामेनीको भनाइ

इजरायल सँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने नेता खामेनीको भनाइ

मन्त्री भण्डारी द्वारा खाने तेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी

मन्त्री भण्डारी द्वारा खाने तेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी

ओलीको ‘गैंडाज’ र ‘डाँफेज’ शब्दमा मनोज गजुरेलको व्यंग्य: 'काँडेज् भ्याकुर्ज, रातोज् पाण्डाज्'..

ओलीको ‘गैंडाज’ र ‘डाँफेज’ शब्दमा मनोज गजुरेलको व्यंग्य: 'काँडेज् भ्याकुर्ज, रा…

फेसबुकका संस्थापक जुकरबर्ग बने विश्वको दोस्रो धनी व्यक्ति, पहिलो को ?

फेसबुकका संस्थापक जुकरबर्ग बने विश्वको दोस्रो धनी व्यक्ति, पहिलो को ?

ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्युपछि विराटनगर तनावग्रस्त, भन्सार कार्यालयमा ढुंगामुढा

ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्युपछि विराटनगर तनावग्रस्त, भन्सार कार्यालयमा …

गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात

गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात

अध्यक्ष दाहाल द्वारा यातायात व्यवसायी र मजदुर सङ्गठनका प्रतिनिधि सँग छलफल

अध्यक्ष दाहाल द्वारा यातायात व्यवसायी र मजदुर सङ्गठनका प्रतिनिधि सँग छलफल