तीलगंगा क्षेत्रका घर जग्गा खाली गर्न १५ दिनको म्याद

 

पशुपति क्षेत्र विकास कोषले तीलगंगा क्षेत्रका घर जग्गा १५ दिनभित्र खाली गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।  मुआब्जा लिएर पनि काठमाडौँ महानगरपालिका–८ तिलगंगा आवासको बी १३ क्षेत्रमा रहेका घर, टहरा, गोठ, पर्खाल जस्ता संरचना सम्बन्धित धनीले नहटाएपछि कोषले १५ दिनको म्याद दिएर त्यस्ता संरचना हटाउन भनेको हो ।  कोषले पटकपटक सूचना गर्दा पनि त्यस क्षेत्रका घर, टहरा सम्बन्धित पक्षले खाली नगरेको जनाएको छ । कोषले आज जारी गरेको सूचनामा त्यस क्षेत्रका घर, टहरा, पर्खाल, लिगलगायतका संरचना अबको १५ दिनभित्र नअटाएमा कानुन बमोजिम कोष आफैँले हटाई खाली गराउने उल्लेख छ । त्यस क्षेत्रका संरचना कानुन बमोजिम अधिग्रहण गर्ने निर्णय कोषले गरेको छ । घरटहराका लागि सबैलाई मुआब्जासमेत वितरण गरिसकिएको कोषले स्पष्ट पारेको छ ।। 

प्रतिक्रिया