गिरीबन्धु टि स्टेटका सञ्चालक छत्र गिरीको भनाई: 'गिरीबन्धु टि स्टेट राज्यको सम्पती होइन, अफवाह फैलाइयो'

झापाको बिर्तामोडमा रहेको गिरीबन्धु टि स्टेटका सञ्चालक छत्र गिरीले गिरीबन्धु टि स्टेट राज्यको सम्पती नभएको बताएका छन । बुधबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै गिरीबन्धुका सञ्चालक गिरीले आफ्नो वा आफ्ना परिवारको स्वामित्वमा भएको गिरीबन्धु टि स्टेट राज्यको सम्पती नभएको बताएका हुन ।  गिरीबन्धु टि स्टेट आफ्ना बाबु–बाजेले आर्जेको सम्पती भएको भन्दै सञ्चालक गिरीले निजी सम्पत्तिमा विभिन्न प्रकारको अफवाह फैलाइएको दाबी गरेका हुन । 
२०२१ सालमा भूमि सम्बन्धी ऐन लागू हुनअघि नै गिरीबन्धुले चिया खेती बिस्तार गरेको गिरीको भनाइ थियो । हदबन्दी छुटमा ५ सय विघा जग्गा राख्ने अनुमति पाएकोमा अहिले गिरीबन्धुको नाममा ३ सय ९० विघा जग्गा रहेको उनले बताए । सर्वोच्च अदालतको हालै गरेको फैसलालाई पालना गर्दै निकास खोज्ने काम भइरहेको उनले बताए । एकै पटक धेरै जग्गा पाउन गाह्रो हुने भएकाले विभिन्न व्यक्तिहरूसँगको सहकार्यमा जग्गाको कारोबार शुरु गरेको गिरीले स्वीकार गरेका छन । दीपक मलहोत्रा, विष्णुबहादुर राईलगायत व्यक्तिहरूसँग जग्गा विषयमा कारोबार भएको बताए । 
 

प्रतिक्रिया