टी ट्वान्टी विश्वकपमा आज भारत र आयोजक अमेरिकाले प्रतिस्पर्धा गर्दै

आईसीसी टी–२० विश्वकपमा आज राती भारत र आयोजक अमेरिकाले प्रतिस्पर्धा गर्दैछन । । खेल अमेरिकाको न्युयोर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समयअनुसार, राति सवा आठ बजे सुरु हुनेछ ।  पूर्वविजेता भारत पहिलो पटक विश्वकप खेलिरहेको अमेरिकालाई हराउने योजनामा हुनेछ । खेलमा जित हात पार्ने टोली प्रतियोगिताको सुपर आठ चरणमा पुग्ने भएकाले दुबै टिमका लागि आजको खेल महत्वपुर्ण रहेको छ । भारत र अमेरिका प्रतियोगिताको समूह ‘ए’ मा छन् । त्यो समूहमा पाकिस्तान, क्यानडा र आयरल्यान्ड पनि रहेका छन् । दुई खेल खेलेको भारत चार अङ्कसहित पहिलो र समान खेलबाट समान अंक बटुलेको आयोजक अमेरिका दोस्रो स्थानमा छन् । तीन खेलबाट दुई अंक जोडेको पाकिस्तान तेस्रो र समान खेलबाट समान अंक हात पारेको क्यानडा चौथो स्थानमा छन् । दुई खेल खेलेको आयरल्यान्डले भने अंक बटुल्न सकेको छैन ।

प्रतिक्रिया