आन, नान, मिडिया सोसाइटी र मिडिया एलायन्सको आचारसंहिता सम्झौतापत्रमा हस्ताक्षर
नेपाल बिज्ञापन संघ (आन), राष्ट्रिय बिज्ञापन संघ नेपाल (नान), नेपाल मिडिया सोसाइटी र मिडिया एलायन्सको आचारसंहिता सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बुधबार नेपाल विज्ञापन संघका अध्यक्ष सुदिप थापा, राष्ट्रिय विज्ञापन संघ नेपालका धर्मेन्द्र काजी श्रेष्ठ, नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कडेल र मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्कर राज राजकर्णिकारले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । मिडिया उद्योग र विज्ञापन उद्योगबीच राम्रो सम्बन्ध कायम गर्ने उद्देश्यले यो आचारसंहितामा हस्ताक्षर भएको हो । आचारसंहिताले यस कठिन परिस्थितिमा मिडिया र विज्ञापन उद्योगको विकासमा मद्दत पुग्ने विश्वास गरिएको छ । आचारसंहिताले यस क्षेत्रमा सकारात्मक आशा जगाउने मिडिया एलाइन्सका अध्यक्ष भाष्करराज राजकर्णिकारले बताए ।
आचारसंहिताले विज्ञापन दररेटमा जथाभावी चलिरहेको बिकृतिलाई रोक्न र स्वस्थ प्रतिस्पर्धासहित विज्ञापन ब्यवसायी तथा सञ्चारमाध्यमहरुलाई थप ब्यावसायिक बनाउनलाई मदत गर्ने जनाइएको छ । विज्ञापन खर्चमाथिको सीमा तोक्ने सरकारी नीतिका कारण पनि मिडियाहरु आर्थिक रुपमा धरासायी बन्दै गएको भन्दै त्यसलाई सच्याउन माग गरिएको छ ।
आचारसंहितामा विज्ञापन सम्बन्धी कारोवार ब्यवस्थापन तथा अनुगमन कार्यविधि बनाएर लागू गर्ने जनाइएको छ । ब्यावसायिक साझेदारीको सम्झौतापत्रको मुख्य उद्धेश्य मूलधारका ञ्चारमाध्यमहरुमा विज्ञापन कारोबार गर्दा विज्ञापन कारोबार गर्नका लागि सम्बन्धन प्राप्त विज्ञापन ब्यावसायिक संस्था (एजेन्सी) सँग मात्र ब्यावसायिक कारोबार गर्नु रहेको छ ।।

अध्यक्ष दाहालले भने, विद्यार्थी नहुने तर नेता हुने स्थिति चुनावबाट अन्त्य भयो
पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’
गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो : सञ्चारमन्त्री गुरुङ
_5MPvEqBnbv_enzpdf3pfo2uhuiuyqhjddbla3m93xfs4rp9njozpz73gx6vtrfibvzugg5v_YbAequ1o3X_vnhmo0wd0it6cwqkpz5fs4ykdb0ls573vmjozb6fymmbnsmgopyakipshshn.jpg)
प्रतिक्रिया