औषधि प्रयोजनको लागि गाँजाको व्यवसायिक उत्पादन थालिने

सरकारले औषधि प्रयोजनको लागि गाँजाको व्यवसायिक उत्पादन खुला गर्ने भएको छ।  प्रतिनिधि सभाको संयुक्त बैठकमा २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन्।

सरकारले यसको लागि आवश्यक कानुन निर्माण गर्ने बताएको छ। केही वर्षदेखि नेपालमा गाँजाको व्यवसायिक उत्पादन गर्नुपर्नेमा धेरैको जोड रहँदै आएको छ।

गाँजाको व्यवसायिक उत्पादनको लागि कानुन निर्माण गर्ने विषयलाई संसदहरूले टेबुल ठटाएर स्वागत गरेका छन्।

प्रतिक्रिया