काठमाडौ महानगरभित्र ११ विद्यालयका २३७ वटा सटरमा ताला

काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयले व्यावसायिक भवन निर्माण गरी भाडामा लगाएका विद्यालयका सटर तथा टहरा खाली गराउने कार्यलाई तिब्रता दिएको छ । महानगरले तीन सयभन्दा बढी सटर तथा टहरा खाली गराउन थालेको छरु। महानगरको शिक्षा विभागले गरेको अध्ययनमा महानगरभित्रका ८७ सामुदायिक विद्यालयमध्ये ३७ वटाले सटर निर्माण गरी भाडामा दिएको पाइएको छ । तीमध्ये सोमबारसम्म ११ विद्यालयका २ सय ३७ वटा सटरमा ताला लगाएको विभागले जनाएको छरु। पहिलो चरणमा ठूला र धेरै सटर भाडामा लगाएका विद्यालयमा पुगेर ताला लगाएको हो । सो क्रममा जुद्धोदय मावि ठमेल, कन्या मन्दिर क्षेत्रपाटी, पशुपति मित्र चाबहिल, जनकल्याण बौद्ध, महेन्द्र मावि बौद्ध, मंगलादेवी गौशला, रत्नराज्य बानेश्वर, पद्मोदय रामशाहपथ, सहिद शुक्र बागबजार, पद्मकन्या र विजय स्मारक मावि डिल्लीबजारले भाडामा लगाएको सटर बन्द गरिएको छरु।शिक्षण संस्थाको सार्वजनिक सम्पत्ति गैरशैक्षिक क्रियाकलापमा प्रयोग हुँदै आएकाले त्यसलाई रोक्न ताला लगाइएको महानगरले जनाएको छ । यो साताभित्र सबै विद्यालयको सटर खाली गरिसक्ने विभागले जनाएको छरु। ७ दिनभित्र सटर खाली नगरे कारबाही गर्ने चेतावनी दिएको छरु। शैक्षिक क्रियाकलापका लागि उपयोग हुनुपर्ने ठाउँ भाडामा लगाएर आय गरेका सटरहरूमा बाध्य भएर ताला लगाउनुपरेको महानगरले जनाएको छ । महानगरले गत असोजमै महानगरले विद्यालयको जग्गाजमिन, भवन भाडामा नलगाउन र लगाएको भए सम्झौता नवीकरण नगर्न भनेको थियोरु। विद्यालयहरूले सरकारले दिने बजेट अपुग भएकाले सटर भाडामा लगाएर आम्दानी गर्दै खर्च जुटाउनुपर्ने बाध्यता रहेको बताउँदै आएका थिएरु। महानगरले विद्यालयलाई आवश्यक पर्ने बजेट व्यवस्था गर्ने जनाएको छ । विद्यालयले सटर÷टहरा भाडामा लगाएको ठाउँमा प्रयोगशाला, पुस्तकालय, खेल्ने ठाउँ महानगरले नै बनाउने योजना अघि सारेको छ ।।
 

प्रतिक्रिया