दोहोरो अंकले घट्यो नेप्से परिसूचक, ४ अर्ब २१ करोडको कारोबार
![](https://snowberry.prixacdn.net/media/gallery_folder/nepal-stock-exchange-nepse-1_pRp9earaE7_uwutmfkjemudzkmjv7bkqhdoa8iwalst0j2v9lwx0guokqyvp4cginfznlww_MBGrqHL5fr_a33zgmhmpnj1qip9tnw7aoom6r6mvgqpsolc9bww4nbmr9yi4bgv3nfhpdbe_N1RJmPn8ef_4zbmdpbnkxrqesqjtvw83auddf26nrfmf9jdmpaescw2k0kutmesqh8roh96_pqdM3ecX1H_vsiwbsl6sfaifymxiv24nmweghjxek41hv0lq8hwnbap8gu1vbylbnmz6ght_k1tkWrLrri_jl7jnihovdugcc5mvk1kwnhrvws8bprhu8shdehdmizsxenn6swvt1m8zzpu_UO8kHN48XQ_xiifrfpykjxanetrtzxegjetewlscvyzfqphmxy4wao7dvmihdibqrbhucz7_Ki4uOs4g4O_ly8nqeesffuhprs24irmzmoiimpplddbh09ojod1tbj1wilfadc4us79fpq1_4ViuEW2OcX_9wxzhdyyeknnsfnjtb6vkskpdius76rczyb6ckbpwotioborepvcgu9qxxt8_fBBro6ZT6b_w7zvww2fkoto0ayzzy61oicx7lqotyexfwv2fsblxelppj9yvrnjprnn5bgb.jpg)
लगातार दोस्रो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ८९ अंकले घटेर दुई हजार ६९ दशमलव ५३ विन्दुमा झरेको हो । हिजो पनि बजार २३ अंकभन्दा धेरैले घटेको थियो । आज तीन सय ११ वटा कम्पनीका ९८ लाख ६४ हजार कित्ता शेयर चार अर्ब २१ करोड रुपैयाँमा कारोबार भएको छ । बजार घटेको दिन सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको १९ करोड ४५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको छ । गत बुधबार अर्ब ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । पोखरा फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल फाइनान्स, अपर लोहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावर लेभलपमेन्ट कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । आज फाइनान्स, हाइड्रोपावर र उत्पादन बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, होटल, माइक्रोफाइनान्स, विकास बैंक समूहको शेयर उच्च अंकले ओरालो लागेका छन । आज कारोबारमा आएकामध्ये ७० कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ७३ वटाको घटेको छ । बाँकी ४ वटा कम्पनीको शेयर मूल्य स्थिर छ ।
प्रतिक्रिया