ओलीले समाजवादी युगमा जबजलाई मार्गदर्शक भनेर हिँडनु लज्जास्पदः झलनाथ खनाल
महाधिवेशनले जबजलाई मार्गदर्शक सिद्धान्त मान्नु गलत: माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेलाई जनताको बहुदलीय जनवाद जबजलाई मार्गदर्शक सिद्धान्त मान्नु गलत भएको टिप्पणी गरेका छन । आज काठमाडौंमा आयोजित अन्र्तक्रियामा उनले एमालेको आठौं र नवौं महाधिवेशनले जबजलाई मार्गदर्शक सिद्धान्त भनेर पारित गरेकाले त्यसैलाई मानेर हिँडेको भनेर केपी ओलीलाई दोष दिन भने नहुने बताएका हुन । अध्यक्ष नेपालले आफ्नो पार्टीको समाजवादी विचारधाराले वामपन्थी शक्तिहरुलाई एकतावद्ध बनाएर लैजाने दाबी समेत गरे ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी क्रान्तिको युगमा पनि एमालेले मार्गदर्शक सिद्धान्त जबज भनेर हिँड्नु लज्जास्पद भएको टिप्पणी गरे । एमाले अध्यक्ष केपी ओलीलाई बुर्जुवा विचारले अधोपतनतिर रुपान्तरण गरिदिएको उनको छ ।
नेता खनालले १४ वर्ष जेल बसेका ओलीले अहिलेको समाजवादी युगमा पनि जबजलाई मार्गदर्शक सिद्धान्त मानेर अधोपतनको बाटोमा लागेको समेत बताए । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुषालले नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नेपालमा समाजवाद ल्याउन नसक्ने बताए ।
महासचिव भुसालले नेकपा एमाले समाजवादी क्रान्ति ल्याउन बनेको पार्टी नभएको जिकिर गरे । माओवादी केन्द्रको समाजवादी क्रान्ति ल्याउने उमेर नपुगेको र बुझ्न अझै धेरै समय लाग्ने उनको भनाइ छ ।
प्रतिक्रिया