स्वास्थ्य कर्मचारीको मनोमानीले सेवाग्राही समस्यामा

स्वास्थ्य कार्यालय झापामा कर्मचारीको मनोमानी बढेको छ ।  कर्मचारी कार्यालय समयामा भेटिंदैनन् । बिहान १० बजेदेखि सांझ ५ बजे सम्म कार्यालय समयावधि भए पनि कर्मचारी प्राय अधिकांश समय बाहिर नै हुने गरेका छन् । कार्यालयमा १३ जना स्थायी र २ जना करारका कर्मचारी कार्यरत छन् ।  तर अधिकांश समय एक जना कार्यालय सहयोगी मात्रै भेटिन्छन् । कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।  
अनुगमनको , तालिम र हाल सञ्चालन भइरहेको पोलियो रोगविरुद्धको ‘राष्ट्रिय आईपीभी अभियानलागि कर्मचारी फिल्डमा खटिएको कार्यालयका सुचना अधिकारी चुडामणी लुंइटेलले दाबी गरे । तर दैनिक भ्रमण भत्ता फिल्डमा हिडं्दा पाइने भए पछि कर्मचारी कार्यालयमा नबस्ने गरेको बताइएको छ । त्यस्तै कार्यालयका जनस्वास्थ्य निरिक्षक विश्वनाथ श्रेष्ठ पनि त्यस्तै अहिले कामको चाप भएका कारण कर्मचारी बाहिर गएको दाबी गर्छन ।  लेखा तथा प्रशासन फांटका कर्मचारी समेत कार्यालयमा नहुंदा कामकाज प्रभावित बनेको छ ।  कर्मचारी परिचालन, व्यवस्थापन र सेवा प्रवाहको अवस्था अस्तव्यस्त हुँदा सेवाग्राही मर्कामा परे पनि सरोकारवाला निकायले ध्यान दिएको देखिएको छैन । 

प्रतिक्रिया