गृहमन्त्रीले गिरीबन्धुको फाइल खोल्न त के, बोल्न पनि सक्दैनन्: विश्वप्रकाश शर्मा

न्यू्रोडमा सडकपेटी बढाउनुपर्ने भनाइ

नेपाली कांग्रेसले गिरीबन्धु प्रकरणको फाइल खोल्न गृहमन्त्रीलाई चुनौती दिएको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधिसभाको विशेष समयमा सम्बोधन गर्दै चियाबगानको अनियमिता अनुसन्धान गर्न माग गरेका हुन । उनले नेकपा एमालेका अध्यक्ष ओलीले काँग्रेसले पैसा खाएर गिरिबन्धुको जग्गा बेचेको आरोप लगाएकाले सो बारे छानबिन गर्न गृहमन्त्री रवि लामिछानेलाई आग्रह गरेका हुन । उनले गृहमन्त्री लामिछानेले गिरीबन्धुको फाइल खोल्न त के बोल्न पनि नसक्ने आशंका प्रकट गरे । 
महामन्त्री शर्माले शिक्षामन्त्रीका विषयमा यति ठूलो प्रश्न उठाउँदा पनि बोल्न नसकेको आरोप लगाए । सहकारी प्रकरणमा गृहमन्त्रीको नाम नलेखिए पनि ठेगाना र सिम्बोल नम्बर लेखिएको उल्लेख गर्दै ढुक्क हुन आग्रह गरे ।महामन्त्री शर्माले काठमाडौंको न्यूरोडमा सडकपेटी फुटपाथ बढाउन जरूरी रहेको बताए । न्यूरोडमा सडकपेटी बढाउने काम गर्न काठमाडौं महानगरलाई दिनुपर्ने उनको भनाइ छ । 
महामन्त्री शर्माले विश्वकप खेल्न सन्दीप लामिछानेलाई पठाउने गरी भिसा मिलाउन सरकारले नसकेको भन्दै आपत्ति समेत जनाए ।  आरोप लागेको बेला शीरमा मुद्दा बोकेर मैदानमा उत्रनु हुँदैन भने पनि अहिले अदालतले सफाइ दिइसकेको उनको भनाइ छ । 
 

प्रतिक्रिया