पूर्वी अफ्रिकी देश मलावीमा उपराष्ट्रपतिसहित १० जना सवार विमान बेपत्ता
![](https://snowberry.prixacdn.net/media/gallery_folder/images%2520(2)_lymZUUilKF_d90yxg9eg1x4ijb3f0gm4v0egmreh1nah1hefzjbl0j5gu7cllchiwgkh895_kShtxWFQV3_6frt4cidawhut5wxxfupplntth3ygebd0bar9hkvy9cdohwzugrg0nsxirzz.jpg)
पूर्वी अफ्रिकी देश मलावीमा उपराष्ट्रपतिसहित दशजना सवार विमान बेपत्ता भएको छ । मलावीका सरकारी अधिकारीहरूले उपराष्ट्रपति साउलोस चिलिमा चढेको विमान सम्पर्कविहीन भएको र विमानको कहाँ छ भन्नेबारे जानकारी नआएको बताएका छन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा मलावी डिफेन्स फोर्सको विमान टेक अफपछि राडार बाहिर गएको जनाएको छ । विमान मलावीको राजधानी लिलोग्वेबाट सोमबार बिहान उडेको थियो ।
विमानमा उपराष्ट्रपतिसहित १०जना सवार थिए । विमान मजुजुमा अवतरण गर्नुपर्ने थियो। मजुजु मलावीको उत्तरी क्षेत्र हो ।
प्रतिक्रिया