नेपाली क्रिकेटलाई बदनाम गराउन क्यानकै सदस्य लागिपरेका छन्: पारस खड्का
![](https://snowberry.prixacdn.net/media/gallery_folder/images%2520(1)_eznZxndPvf_gkzhpq5im9ql1ovrgvl0ctfpezib7yhucbvg5zwnspikjiubhtkfwpdkllrr_c8BGKRfQEg_yam1xmbxotzij3lv4uvou6y3ajngwe8dafoveiaadt4zcazxuf2xpq2gg20u.jpg)
नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले संघकै सदस्यहरूले नेपाली क्रिकेटलाई बदनाम गराउने प्रयास गरिरहेको आरोप लगाएका छन् ।खड्काले आफ्नो व्यक्तिगत लाभ र प्रायोजन हत्याउने उद्देश्य सहित संघभित्रका केही सदस्यहरू लागिरहेको आरोप लगाएका हुन् ।
सोमबार सामाजिक सञ्जालमार्फत खड्काले संघका पदाधिकारी र नेपाली क्रिकेटलाई नै बदनाम गराउन संघ भित्रका सदस्यहरूले प्रयास गरिनु दुखद भएको टिप्पणी गरेका छन् ।खड्काले यसबारे कानुनी उपचार खोजिने चेतावनी समेत दिएका हुन् ।
उनले कयौँ चुनौती र कठिनाइहरूलाई चिर्दै नेपाल क्रिकेटको दिगो विकास र विस्तारतर्फ नेपाल क्रिकेट संघ चलिरहेको समय आफैँमा महत्त्वपूर्ण रहेको बताएका छन् ।
उनले नेपाली क्रिकेटका सम्पूर्ण समर्थकहरूलाई समेत यस प्रकारका व्यक्तिगत राजनीतिक लाभका लागि गरिएका फलहीन मिडियाबाजीबाट विचलित नभई नेपाली राष्ट्रिय क्रिकेट टिमलाई यस विश्वकपमा सक्दो हौसला प्रदान गरिदिनुहुन समेत अनुरोध गरेका छन् ।
प्रतिक्रिया