सिरहा सदरमुकाममा आइतबार ऐतिहासिक सलहेश मेला लाग्दै

काठमाडौं । सिरहा सदरमुकाममा आइतबार ऐतिहासिक सलहेश मेला लागेको छ । महिसोथामा राजा सलहेशको गहवरमा हरेक वर्ष वैशाख २ गते विशेष मेला लागेको हो । सलहेश गहवरमाभाकल गर्दा मनोकामना पुरा हुने जनविश्वास छ । सिरहा सदरमुकाममा लाग्ने सलहेश मेलाभर्न भारतको उत्तरी बिहारका पटना, मधुवनी, दरभंगा, जयनगर सहित नेपालका विशेष गरी तराई र तराईले छोएका धनुषा, महोत्तरी, सप्तरी लगायत विभिन्न जिल्लाहरुबाट श्रद्धालु पुगेका थिए । यसअघि वैशाख १ गते शनिबार लहान स्थित सलहेश फुलवारीमा मेला लागेको थियो । यस फुलवारीमा वैशाख १ गते मात्रफुल्ने फुल हेर्न हरेक वर्ष घुइचो लाग्ने गर्दछ । तर, महिसोथा राजा सलहेसको फूलवारीमा हरेक वर्ष वैशाख १ गते फुल्ने सुनाखरी फूल यस वर्ष नफूल्दा दर्शनार्थीहरु निराश भएका छन् । राजा सलहेसको संस्मरणमा हारमको रुखमा हरेक वर्ष माला आकारको सुनाखरी फूल फुल्दै आएको भएपनि यस वर्ष सो रुखमा फूल नफुलेको हो । जलवायु परिवर्तनको असर फूलमा परेको हुन सक्ने आंकलन स्थानीयले गरेका छन । राजा सलहेससित जोडिएका अधिकांश स्थलहरु सिरहा जिल्लामा नै रहेका छन् । राजा सलहेसमाथि विभिन्न क्षेत्रका विज्ञहरुले अनुसन्धान गरेका छन् । कयौं पुस्तकहरु विभिन्न भाषामा प्रकाशित छन् । तर सरकारले अझै सलेहस फूलवारी संरक्षण गरेको छैन ।

प्रतिक्रिया