प्रशासकीय अधिकृत उपस्थित नहुँदा गाउँपालिकाका सेवाग्राहीलाइ समस्या
सिरहाको विष्णुपुर गाउँपालिकाका सेवाग्राहीले प्रशासकीय अधिकृत उपस्थित नहुँदा समस्या भएको गुनासो गरेका छन । प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार सिंह कार्यालयमा उपस्थित नहुँदा स्थानीय तहवाट हुनुपर्ने काम प्रभावित भैरहेको जनप्रतिनिधिहरुको पनि गुनासो रहेको छ । गाउँपालिका अध्यक्ष सत्य नारायण यादव काम विशेषले पनि फोन गर्दा सहजै नउठ्ने गरेको गुनासो गर्छन । कार्यकारी अधिकृत यसअघि सिरहाकै बरियारपट्टी, लक्ष्मीपुर पतारी गाउँपालिका रहदा पनि जनप्रतिनिधिसँग राम्रो सम्बन्ध नभएको बताइएको छ । आर्थिक वर्ष सकिन थोरै समय बाँकी हुँदा कामको चाप भएपनि प्रशासकीय अधिकृतले त्यसमा चासो नदिएको गुनासो पनि सेवाग्राहीको छ । कार्यकारी अधिकृत नहुँदा फोनबाट सोधेरै जानकारी लिन सकिने सूचना लिन पनि कार्यालय नै पुग्नुपर्ने बाध्यता छ ।
प्रतिक्रिया