जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध, अन्य पदमा निर्वाचन हुँदै

जनता समाजवादी पार्टी जसपा नेपालको जारी एकता महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु भएको छ । पार्टीको अध्यक्षमा भने उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । महाधिवेशनअन्तर्गत आज भएको उम्मेदवारी दर्तामा अध्यक्ष पदमा यादवको मात्र उम्मेदवारी परेको हो । निर्विरोध भइसकेपनि औपचारिक घोषणा हुन बाँकी छ । यादवको नेतृत्वमा १८ वर्षअगाडि मधेशी जनअधिकार फोरम नेपाल गठन भएको थियो । पटक पटक पार्टीको नाम परिवर्तन भएपनि अध्यक्षमा यादव नै रहेका छन । अहिले महाधिवेशनबाट पनि उनी नै निर्वाचित भएका हुन । महाधिवेशनले एकजना अध्यक्ष, एकजना सह–अध्यक्ष, पाँचजना उपाध्यक्ष, दुईजना महासचिव, तीनजना उप–महासचिव, सातजना सचिव र एकजना कोषाध्यक्ष र २ सय १ जना केन्द्रीय सदस्य तथा कार्यकारिणी सदस्य निर्वाचित गर्ने छ । सात सचिवमध्ये प्रादेशिक क्लस्टरका आधारमा व्यवस्था गरिएकोले सातै प्रदेशबाट एक÷एक जना गरी सातजना रहनेछ । करिव दुई हजार प्रतिनिधि महाधिवेशनमा सहभागी रहेका छन ।।

प्रतिक्रिया