प्रतिनिधि सभामा आजवाट मन्त्रालयगत बजेटमा छलफल सुरु
विभिन्न छ मन्त्रालयको बिनियोजमा सांसदले सुझाव प्रस्तुत गर्ने
![](https://snowberry.prixacdn.net/media/gallery_folder/sansad%2525252520bhawan_lRSJeZ2c56_arlo4unaefgu3clb0wrdidybw156jovru4dhn52y1uenwxzxwyc3tpvo9bfg_JDUfukNb9b_m8ebadv2vteqgw3qdjtwhhkfwhwvlq3uw1zkbgznipzc8vsuqxnhamgua8k5_4iRyv4sywg_cgm5rh3fpt67j01uuwytyuoqxijfdgiwhylfuvsxz0g5hmteoj9nytwjic95_9b2ngHTqtP_dd5zdehvik4nmlax5v6seji3akovvydl8eyvrpikodxtovgonrval8twmdef_FBJnkMMURc_juurovxkn5wilehgg6jliqsuw5eimjpdbcgmldfu7ztey2admbpb8vtmbb6n.jpg)
प्रतिनिधिसभा बैठकमा आजवाट मन्त्रालयगत बजेटमा छलफल सुरु भएको छ । प्रतिनिधिसभाको बैठकमा आजदेखि छ दिन लगातार बजेटमाथि मन्त्रालयगत शीर्षकमा छलफल हुने तालिका छ । आज युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमाथि छलफल हुनेछ । त्यस्तै प्रेम सुवाल, अमरेश कुमार सिंह, पुष्पबहादुर शाह, बद्रीप्रसाद पाण्डे, रमा कोइराला पौड्याल र संजय कुमार गौतमले खर्च कटौतीको प्रस्ताव राख्नेछन । जेठ ३२ गतेसम्म ६ दिन लगातार बस्ने प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत शीर्षकमा छलफल सक्ने कार्यतालिका रहेको छ । अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको छ । अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको बैठकमा मङ्गलबार आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै सो बजेट प्रस्तुत गरेका हुन ।।
प्रतिक्रिया