भारत भ्रमणमा प्रधानमन्त्रीले प्रोटोकल बाहिरका मान्छे राखेको सांसदको आरोप
राजदूत फिर्तावारे सरकारको जवाफ माग
कांग्रेस सांसद् रामहरि खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणबारे संसदलाई जानकारी गराउन माग गरेका छन् । आज प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उनले भारतीय प्रधानमन्त्रीसँग भेट्दा प्रोटोकलबाहिरको मान्छे बसेको भन्दै आलोचना गरेका हुन । प्रधानमन्त्री दाहालले भेटवार्तामा छोरी गंगा दाहाललाई सहभागी गराएकोमा प्रश्न उठाएका हुन ।
सांसद खतिबडाले विदेशी नागरिकता र आवासीय अनुमति पत्र लिनेहरूबारे श्वेतपत्र जारी गर्न सरकारसँग माग गरे । नेकपा एमालेका सांसद रघुजी पन्तले पनि नेपाली सरकारको नुन खाँदाखाँदै विदेशीको नागरिकता लिन पनि रहर लाग्ने चिन्न पाउनुपर्ने बताए ।
प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार केसी र रामकृष्ण यादवलेले सरकारले ११ जना राजदुतलाई बिना कारण फिर्ता बोलाउनु कुटनीतिक असक्षमता भएको बताए । राजदुत फिर्ता गर्नाले कुटनीतिक क्षेत्रमा अस्थिरता निम्तिएको भन्दै सरकारसँग दुबैजनाले जवाफ माग गरे ।
राप्रसा सांसद रोशन कार्की र नेपाली कांग्रेसका सांसद रामनाथ अधिकारीले मन्त्रीहरु बजेट विनियोजन गर्दा आफ्नो वडा, पालिका र जिल्लाभन्दा माथि उठ्न नसकेका बताए ।
नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले विपन्न नागरिकलाई निःशुल्क उपचार गर्नका लागि छुट्ट्रै विपन्न नागरिक अस्पताल खोल्न माग गरे । गरिबीको रेखामुनि रहेका नागरिकलाई परिचयपत्र दिनुपर्ने र सोही परिचयपत्रको आधारमा निःशुल्क उपचार हुनुपर्ने उनको भनाइ छ ।
सांसदहरुले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म पनि अन्तर्राष्ट्रिय विमान उडान हुन नसक्नुको कारण समेत माग गरे ।

राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री ओली
हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि
साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा १९ अङ्कको वृद्धि
भारी’ अमेरिकी बम जेरूसेलम आइपुगेको इजरायली रक्षा मन्त्रालयद्वारा पुष्टि
परराष्ट्रमन्त्री डा देउवा र कतारका मन्त्रीबीच भेटवार्ता
बेलुन विष्फोट घटनाः आठ सदस्यीय छानबिन समिति गठन

प्रतिक्रिया