युरोप-अमेरिक पठाइदिन्छु भन्दै करोडौं ठगी गर्ने चार जना पक्राउ

अमेरिका, कम्बोडिया,न्युजिल्याण्ड र फ्रान्स पठाइदिन्छु भन्दै करिव १५ करोड रकम ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गरी पक्राउ पर्नेहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा चितवनका राजकुमार भट्ट,कास्की माछापुच्छे«का नविन विक र कास्की पोखराका पवन पन्त र सोलुखुम्बुका नारायणकुमार खड्का रहेका छन ।तीन सय जना भन्दा बढी मानिसहरुसँग अमेरिका कम्बोडिया,न्यजिल्याण्ड,फ्रान्स लगायतका देशहरुमा पठाई दिने भन्दै १५ करोड रुपैयाँ ठगी गर्ने तीन जनालाई अनुसन्धानको क्रममा पक्राउ गरिएको  प्रहरीको भनाइ छ । 
पक्राउ पर्नेहरुले उनीहरुल विगत ३÷४ वर्षयता ३ सय जनाभन्दा बढी मानिसबाट ५ देखि १० लाखका दरले १५ करोड भन्दा बढी ठगी गरेको अनुसन्धानमा खुलेको छ । उनीहरुले फेसबुक म्यासेन्जर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमा नक्कली खाता खोजेर उनीहरुले वैदेशिक रोजगारीका लागि कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशमा लैजाने भनेर विज्ञापन गर्दै ठगी गर्ने गरेको प्रहरीको भनाइ छ । पक्राउ पर्नेहरुले विभिन्न व्यक्तिहरूको खातामा रकम जम्मा गराइ फेरि उक्त जम्मा हुन आएका रकमहरू चेकमार्फत निकाल्न लगाएर भने बमोजिमका मानिसहरुलाई दिन लगाएर ठगी गर्ने गरेको खुलेको छ । प्रहरीमा नवीन चौधरीसहित १५ जनाले उजुरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढासँगै अनुसन्धानको क्रममा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुले नेपालमा काम दिने बहानामा केही एकाउन्टेण्ट राखेर उनीहरूलाई समेत ठगीमा प्रयोग गरेको खुलेको छ । 

प्रतिक्रिया