मेक्सिकोमा इतिहासमै पहिलो पटक महिला राष्ट्रपति चयन, पूर्वमेयर क्लाउडिया राष्ट्रपतिमा निर्वाचित
![](https://snowberry.prixacdn.net/media/gallery_folder/638529320493333832_K8xBHlw065_n2qn1l9scg44gmwll25cbawrwgqbvsq2ogtmykiaxukqbbcl2385lt3yyihq_BoBiSDZgT9_ynlrupa1lc4evldxnwjnzxrb4eo5uhfdhejnf3xeheyynz5rvdw3ccrdwoho.png)
मेक्सिकोले इतिहासमै पहिलो पटक महिला राष्ट्रपति चयन गरेको छ । आइतबार भएको मतदानमा मेक्सिको सिटीकी पूर्वमेयर ६१ वर्षकी क्लाउडिया शियनबमले ५८ देखि ६० प्रतिशत मत पाएको प्रारम्भिक नतिजाले देखाएको त्यहाँको निर्वाचन प्राधिकरणले जनाएको छ । उनले पाएको मत मुख्य प्रतिद्वन्द्वी सोचित्ल गाल्भेजको तुलनामा झन्डै ३० प्रतिशतले बढी रहेको बताइएको छ । वर्तमान राष्ट्रपतिको पदावधि सकिएपछि अक्टोबर १ मा शियनबमले राष्ट्रपतिको पदभार सम्हाल्नेछिन् । राष्ट्रपतिको लागि उम्मेदवारी दिनु अघि उनी मेक्सिको सिटीकी मेयर थिइन् । उनी सन् २०१८ मा मेक्सिको सिटीकी पहिलो महिला मेयर बनेकी थिइन् । सन् २०२३ मा राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिन उनले मेयर पदबाट राजीनामा दिइन् ।।
प्रतिक्रिया