मोदीको तेस्रो कार्यकालको पहिलो निर्णय: किसानलाई २० हजार करोड दिने
![](https://snowberry.prixacdn.net/media/gallery_folder/modi_PtBEfdUpgJ_lpqwbbkummicrpkxcmvbmp9wyqcbtcozzvquqt33vpplikw9p1f9t48getyd_NonDcbaugU_pnfxhbeq7mwdw4ff3rzpmni7nu2it6qzfjdfb6dqgbhndeoj0dhclg7ldw98_P8WxQbp0a6_y5ynbk9zvgkdxjgbeqafylpvgpfvnend32oh69tqo1tdk7ddarqbyksg3qk0_HoI23lKYHV_filxszeftbjuuvw6bj23pbvmgphzqbra5pkndstx34mbjedcbnugb4weflvv_Z0Eacvunwr_ciidgji5pbbxsd4l9w4ijm9pl8fixexd2puzpfxg8nyhawrk9bgpfgzxhohs.jpg)
प्रधानमन्त्रीको सपथ लिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार बिहान आफ्नो तेस्रो कार्यकाल सम्हालेका छन् । साउथ ब्लकस्थित आफ्नो कार्यालय पुगेर मोदीले आफ्नो तेस्रो कार्यकालको सुरुवातमा किसानका लागि दिने किसान निधी अन्तर्गतको रकम दिने निर्णयमा हस्ताक्षर गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
मोदीले किसान निधिको २० हजार करोड रुपैयाँ भारतका ९.३ करोड किसानलाई वितरण गर्ने निर्णय गरेका छन् । मोदी सरकारको तेस्रो कार्यकालको पहिलो मन्त्रिपरिषद् बैठक पनि आज बस्दैछ ।
सरकारले मन्त्रिपरिषद् बैठकमा पनि केही ठूला निर्णय गर्न सक्ने विश्वास गरिएको छ। सरकारले मन्त्रिपरिषद् बैठकअघि सबै मन्त्रीलाई मन्त्रालय बाँडफाँट गर्ने बताइएको छ ।
आइतबार मोदीसहित ३० क्याबिनेट मन्त्री र ४१ राज्यमन्त्रीसहित ७२ जनाले शपथ लिएका थिए ।
प्रतिक्रिया