काठमाडौँसहित देशका अधिकांश स्थानमा भारी वर्षा

काठमाडौ । काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा भारी वर्षा भएको छ । गएरातिदेखि काठमाडौंसहित गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा ठूलो पानी परेको हो । वर्षासँगै काठमाडौँको बागमती र विष्णुमति नदीका साथै धोबीखोलामा पानीको बहाव बढेको छ । मौसम पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै नदीखोला बढेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । जलसतह बढ्दो क्रममा रहेको तथा नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन भन्दै महाशाखाले एसएमएस अलर्ट नै जारी गरेको हो ।  थप वर्षा हुन सक्ने सम्भावना रहेकोले उपत्यकाका नदी किनारको सडकबाट यात्रा गर्ने, बस्नेहरूलाई उच्च सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया