ठगी आरोपमा कृषि विकास सहकारीका अध्यक्षसहित चार जना पक्राउ

नेपाल प्रहरीले सर्वसाधारणलाई आकर्षक ब्याज दिने प्रलोभन देखाइ वचतकर्ताहरुको अपचलन गरेका कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार जना सञ्चालक र व्यवस्थापकहरुलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तेजविक्रम थापा, सजना राजकर्णिकार, सञ्जय सापकोटा र भीमसेन महर्जनलाई नियन्त्रणमा लिएको हो । थापा सहकारीका अध्यक्ष, राजकर्णिकार व्यवस्थापक र कीर्तिपुरका महर्जन र सापकोटा संस्थाका सदस्य हुन । उनीहरुले ९४ करोड २३ लाख ४२ हजार रुपैयाँ ठगी गरेको प्रहरीले बताएको छ ।
अध्यक्ष थापा कृषि, गोरखा टेलिभिजन, यति हब्र्स, इन्टेन्सिव एग्रिकल्चर  लगायत संस्थामा आबद्ध रहेको प्रहरीको भनाइ । उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा २६ लाख ६६ हजार ६६६ मा बैंकिङ कसुर मुद्दाहरु रहेका छन् । उनीविरुद्ध ५ सय ६६ जनाले जाहेरी दिएका छन । त्यस्तै पीडित वचत कर्ताहरु २ हजार ५ सय ३१ र जिम्मा निक्षेत्र २ अर्ब ८० करोड रहेको प्रहरीले बताएको छ । निजहरुबाट मोबाइल ६ थान, पेन ड्राइभ ३ थन, हस्ताक्षर सहितको चेक ३ थान, बा २५ च ४२९६ नम्बरको इको भ्यान एउटा, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको एक थान छाप, यति टेक्निक फार्मको छाप एक थान र प्रतिवादी तेजविक्रम थपाले राज ठकुरीको नाममा बनाएको गोर्खा टि.भि.को परिचय पत्र बरामत भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया