जलवायुमैत्री प्रविधिहरू प्रयोग गरेर धान उत्पादनमा बृद्धि गर्ने प्रधानमन्त्री दाहालको भनाई

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले धान बालीमा जलवायुमैत्री प्रविधिहरू प्रयोग गरेर उत्पादन वृद्धि गरिने बताएका छन् । २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा चितवनमा भएको कार्यक्रममा प्रधानमन्त्री दाहालले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसारलाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन् । प्रधानमन्त्री दाहालले पछिल्लो समय कृषि क्षेत्रमा जलवायु परिवर्तन ठुलो चुनौतीको रूपमा देखिएको उल्लेख गर्दै जलवायुमैत्री प्रविधिहरूको अवलम्बन गरेर उत्पादन वृद्धि गर्न र धान तथा चामलको आयात प्रतिस्थापन गर्न सरकार लागिपरेको पनि बताए । 
प्रधानमन्त्री दाहालले नेपालको प्रमुख खाद्यान्न बाली धान भएको उल्लेख गर्दै किसानहरुलाई मल र बिउको अभाव हुन नदिने प्रतिवद्धता पनि जनाए । उनले किसानहरुले उत्पादन गरेका बस्तुहरुको न्यूनत्तम समर्थन मूल्य तोक्ने विषयमा सरकार गम्भीर भएर लाग्ने र यसलाई अझै व्यवस्थित गर्ने पनि उल्लेख गरे । 
धानबाली देशको रणनीतिक बाली भएको उल्लेख गर्दै प्रधानमन्त्रीले तीन वटै तहको सरकारलाई नेपाल सरकारले लिएका नीतिहरूको सफल कार्यान्वयनका लागि आह्वान गरे । 

प्रतिक्रिया