फर्सडांगी—दोमाना सडक खण्ड मर्मत सम्भार नहुँदा आवत जावतमा

मोरङको रङ्गेली नगरपालिकाको फर्सडांगी—दोमाना सडक खण्डमा मर्मत सम्भार नहुँदा आवत जावतमा समस्या भएको छ । रङ्गेली नगरपालिका वडा नम्बर ९ स्थित फर्सडांगी चोक देखि दोमाना जाने सडक  मर्मत सम्भार   नहुँदा अहिले सडकमा खाल्ला खुल्डी बढ्न थालेको हो  । फर्सडागी देखि दोमानासम्मको ३ किलोमिटर सडक नगरपालिकाले समयमै मर्मत नगर्दा प्रत्यक आइतबार र बिहिबार दोमाना बजारमा किनमेल गर्न र  व्यापार गर्न जानेहरुले सास्ती भोग्दै आइरहेका छन् । मोटरसाईकल र साना गाडीहरुमा सामान लिएर जाँदा  समेत गाडि पल्टने र फस्ने डर  हुने व्यापारीको भनाई छ । 
समयमै सडक मर्मत नहुँदा बर्खायामा भने आवतजावत नै ठप्प हुन सक्ने अवस्था रहेको छ ।  उक्त सडक निर्माण कार्यको ठेक्का लागेर विभिन्न स्थानमा कलभटको निर्माण कार्य सम्पन्न भए पनि सडकमा भने कुनै पनि काम नहुँदा आवतजावतमै समस्या भएको छ । 
पटक पटक सडक खण्ड मर्मतमा स्थानीयले ताकेता गरेपनि स्थानीय सरकारले वेवास्ता गरेको उनीहरुको गुनासो छ । बर्षा अगाडी नै सडक खण्ड मर्मत गर्न रङ्गेली नगरपालिकाले ध्यान दिनुपर्ने स्थानीयको माग छ । 
 

प्रतिक्रिया