गाई र भैँसीको नस्ल सुधारका लागि ३८ करोड बजेट
![](https://snowberry.prixacdn.net/media/gallery_folder/murra-1_1d7miYjoEk_ticbtypslogyo1jsupagdltk9bg9glczfcmp9nfeubyp0tz8qivveqfwoegm_W2WtyzbZDe_arhirjjdd8sekddrlkbjnvzpu8umohvb4z2moyxbscjg59sgetoxjysttpbm.jpg)
अर्थमन्त्री वर्षमान पुनले गाई भैँसी नश्ल सुधारका लागि ३८ करोड र भ्याक्सिन उत्पादनका लागि ४० करोड रुपैयाँ विनियोजन गरेका छन् । मंगलबार अर्थमन्त्री पुनले संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै स्वदेशमै बढी दुध उत्पादन गर्ने पशुको विकासका लागि गाई र भैँसीमा नश्ल सुधारका लागि ३८ करोड रुपैयाँ विनियोजन गरेको बताएका हुन् ।
पशुपक्षीको रोग नियन्त्रण गर्नका लागि आगामी वर्ष ५ करोड डोज खोप उत्पादन गरिने बताए । आगामी ३ वर्षभित्र पिपिआर र स्वाइन फ्लू रोग उन्मूलन गर्ने गरी निःशुल्क खोप सञ्चालन गर्ने बताए । खोरेत रोग उन्मूलन गर्न खोप अभियान सञ्चालन गर्ने बताए । खोप उत्पादन गर्नका लागि ४० करोड रुपैयाँ विनियोजन गरेको बताए ।
प्रतिक्रिया