सरकारले विकास काममा आवश्यक ध्यान दिन सकेनः अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी  ओलीले सरकारले विकासका काममा आवश्यक ध्यान दिन नसकेको बताएका छन् । शनिवार बसेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले एमाले देशलाई गरिबीतिर जानबाट रोकेर विकास गर्न सरकारमा गएको तर विकास नै नभएपछि सन्तोष जनाउने ठाउँ नरहेको बताएका हुन् । एक÷दुई जनाको मुख हेरेर सरकारमा छँदै छौ भनेर नहुने उनको भनाइ थियो ।  
अध्यक्ष ओलीले नेकपा एमालेले चलाइरहेको मन्त्रालयको स्थिति, मन्त्रालयमा बजेट विनियोजन कस्तो छ भन्नेकुराको समीक्षा गर्न जरुरी रहेको पनि बताए । उनले मन्त्रालयगत बजेट विनियोजनका बारेमा खुलेर छलफल गर्न सांसदहरुलाई आग्रह गरे । अध्यक्ष ओलीले प्रतिक्रियावादीहरुले एमालेबिरुद्ध दिनदिनै नयाँनयाँ अकल्पनिय कुराहरु आविष्कार गरी समाजमा भ्रम पैदा गरिरहेको बताए । 
अध्यक्ष ओलीले नेकपा एमालेका बिरोधी प्रतिक्रियावादीहरुले देश अगाडि नबढोस् भन्ने चाहने गरेको बताए । उनले नेकपा एमालेसँग देश बनाउने संकल्प, दृढता र अठोटमा रहेको बताए ।
 

प्रतिक्रिया