मधेस सरकारबाट बाहिरियो जसपा, नयाँ सरकार गठन प्रक्रिया
मुलुकमा संघियता आएपछि गठन भएको मधेस सरकारबाट जनता समाजवादी पार्टी, नेपाल मधेसको सत्ताबाट बढारिएको छ । लगातार ७ वर्षदेखि मधेसको सत्ता सम्हाल्दै आएको जसपा, नेपाल मधेस सरकारबाट बढारिएको हो । मुख्यमन्त्री सरोजकुमार यादवले मधेसको प्रदेश सभाबाट बुधवार विश्वासको मत गुमाएपछि मधेसको सत्ताबाट जसपा, नेपाल बाहिरिनु परेको हो । बुधवार विश्वासको मतका लागि बसेको मधेस प्रदेश सभा बैठकमा बहुमत प्रदेश सभा सदस्यले मुख्यमन्त्री यादवको विपक्षमा मतदान गरेका हुन् । यादवको पक्षमा ५० प्रदेश सभा सदस्यले मतदान गरे भने विपक्षमा ५३ प्रदेश सभा सदस्यले विपक्षमा मतदान गरे । बुधवारको बैठकमा १ सय ३ प्रदेश सभा सदस्य उपस्थित भएका थिए । १ सय ७ सदस्यीय प्रदेश सभामा सरकार जोगाउनका लागि ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक थियो ।
सरकार गठन आह्वान
मधेस प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ । बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभामा विश्वासको मत लिनका लागि पेश गरेको प्रस्ताव अस्वीकृत भएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन । प्रदेश प्रमुख सुवेदीले शुक्रबार बिहान १० बजेभित्र मधेस प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि आफ्नो दावी पेश गर्न आह्वान गरेकी हुन । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दाबी पेश गर्न सक्नेछन । बुधबार यादवले विश्वासको मत लिएकोमा उनको पक्षमा ५० जनाले मतदान गरेका थिए भने ५३ जनाले उनको विपक्षमा मतदान गरेका थिए । हाल १०६ जना प्रदेशसभा सदस्य कायम रहेको मधेसमा बहुमतका लागि ५४ जना प्रदेशसभा सदस्यको समर्थनको आवश्यक छ । जनमत पार्टीको नेतृत्वमा नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बीच नयाँ गठबन्धन बनेको हो । एमाले २५ प्रदेशसभा सदस्यसहित प्रदेशसभाको सबैभन्दा ठूलो दल हो भने जनमतका १३, माओवादी केन्द्रका ९ र नेकपा एकीकृत समाजवादीका ७ जना प्रदेशसभा सदस्य छन । यी चारदल मिल्दा ५४ सदस्य पुगेपनि एमालेका एकजना सांसद सभामुख रहेकाले एक एक वटा सीट रहेका दलहरुमध्ये कुनै एउटा पार्टीलाई आफ्नो पक्षमा ल्याए सजिलै सरकार बनाउने अवस्था रहेको छ । अब प्रदेशमा सत्ता गठबन्धनका नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र नेकपा एसले सरकारको दावी गर्नेछन् । सरकारको नेतृत्व जनमतलाई दिने सहमति भइसकेको छ । जनमतबाट संसदीय दलका नेता सतिशकुमार सिंह मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारीमा छन ।।

अध्यक्ष दाहालले भने, विद्यार्थी नहुने तर नेता हुने स्थिति चुनावबाट अन्त्य भयो
पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’
गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो : सञ्चारमन्त्री गुरुङ
_5MPvEqBnbv_enzpdf3pfo2uhuiuyqhjddbla3m93xfs4rp9njozpz73gx6vtrfibvzugg5v_YbAequ1o3X_vnhmo0wd0it6cwqkpz5fs4ykdb0ls573vmjozb6fymmbnsmgopyakipshshn.jpg)
प्रतिक्रिया