प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमा आजपनि छलफल जारी

प्रतिनिधि सभाको बैठकमा आजपनि मन्त्रालयगत बजेटमा छलफल हुँदैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जानकारी दिएको छ । आज सहरी विकास, रक्षा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको बजेटमाथि छलफल हुनेछ । आज सांसद प्रेम सुवाल, अमरेश कुमार सिंह, अजय कुमार चौरसिया, राजेन्द्रकुमार केसी, सुरेन्द्रराज आचार्य र  जीवन परियारले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् । प्रतिनिधिसभामा हिजोवाट मन्त्रालयगत बजेटमा छलफल सुरु भएको हो । 
 

प्रतिक्रिया