नीतिगत अस्थिरता कम गर्न थोरै क्षेत्रमा मात्रै करका दरहरु हेरफेर गरियो: अर्थमन्त्री पुन
अर्थमन्त्री बर्षमान पुनले नीतिगत अस्थिरता कम गर्न थोरै क्षेत्रमा मात्रै करका दरहरु हेरफेर गरिएको बताएका छन । नेपाल आर्थिक पत्रकार संघ नाफिजसँगको छलफलमा उनले वर्तमान मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउँदै नीतिगत स्थिरता समेत दिनेगरी आगामी आर्थिक वर्षको बजेट आएको बताएका हुन । अर्थमन्त्री पुनले बिभिन्न सरकारी अध्ययनको प्रतिवेदनको आधारमा नै यसमा करको दर परिवर्तन गरेको र सरकारले लुकाएर करका दर हेरफेर नगरेको जिकिर समेत गरे ।
मन्त्री पुनले बजेट सन्तुलित नै आएको प्रतिक्रिया दिएकाले आफै सरप्रराइज भएको उनले बताए । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बजेटमा घोषणा गरेअनुसार सहुलियतपूर्ण कर्जाको नीतिलाई मौद्रिक नीतिमार्फत पुनःसंरचना गरिने जानकारी दिए ।
डेपुटी गभर्नर मिश्रले ६ प्रतिशतको आर्थिक वृद्धि, ५.५ प्रतिशतमा मुद्रास्फीति सिमित राख्ने र १२ प्रतिशत प्रतिशतको कर्जा बृद्धि गर्ने लक्ष्य पूरा हुने पनि बताए । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले सरकारले ल्याएको बजेट सन्तुलित तथा समयसापेक्ष रहेको बताए ।
अध्यक्ष केसीले अर्थतन्त्रमा देखिएको समस्या र विषम परिस्थितिकाबीच पनि सरकारले सन्तुलित तथा समयसापेक्ष बजेट आउनु सकारात्मक भएको टिप्पणी समेत गरे ।।
प्रतिक्रिया