प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत बजेटमा छलफल जारी

संघीय मामिला, उर्जा र अर्थ मन्त्रालयको बजेटमा सांसदले राय दिने

संघीय संसद अन्र्तगत प्रतिनिधिसभा बैठक आजपनि जारी छ । आजको बैठकमा पनि बजेटमाथि मन्त्रालयगत छलफल जारी रहेको हो । आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयको बजेटमाथि छलफलको कार्यसूचि छ । त्यसैगरी बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सांसदहरुले विनियोजन विधेयक २०८१ अन्तर्गत सांसदहरु रामहरि खतिवडा, अमरेशकुमार सिंह, प्रेम सुवाल, मुक्ताकुमारी यादव, राजेन्द्रप्रसाद लिङदेन, रोशन कार्की, श्यामकुमार घिमिरेले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

प्रतिक्रिया