गुल्मीको पूर्तिघाटमा जीप दुर्घटना,एक जनाको मृत्यु
![](https://snowberry.prixacdn.net/media/gallery_folder/1554963163accident-768x541_INEBFqW8l4_ut8aurljkfaua9sabg9osnwr3hrjq0cnumnx4pa4xz4qnwc9d5l6b3jyzaiw_0u84yYIi4p_0r2t6guxaypskcljv6erx1rjmjvbsphfhlkkryugvq7fxxrc3lqb7gtzfd1y_eQdOpHPyB9_gu6xet7x9hptp3dutaztoa1ctcxygjmlfywtlbdemqabjrmavplumr7sjouc_3KNHJzvmc8_hbujuodnobdoytoh3tpqo5srm1xdvkp4rbj1w7z2sgvhwnl4vjobvdmbnykm_BBq0Lcqalz_wntr8azxhqtdzg916spaaqqjdm4o71hs7iqqqzsw3m76mbsnhxepbkhqujv6_bFEjzVtauy_qqaov3yrpnyzjz3aa9xzoild6qc75zvwuynosfilvtnapr1tcfwhubgvxnmt_ZXZRMz07vi_zlf2cbqrquzwnusnpui82eykz3xclfpzne4winhxkpxelvxaa06jxh3e7ua4.jpg)
गुल्मीको भार्सेबाट बुटवलका लागि छुटेको डबल क्याप जीप पूर्तिघाटमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।बिहान गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नम्बर ४ पूर्तिघाटको ओकेङमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । पूर्तिघाट प्रहरी चौकीका अनुसार गुल्मीको भार्सेदेखि बुटवल आउँदै गरेको ग २ च ३२६२ नम्बरको जिप गुल्मी कालीगण्डकी गाउँपालिका ४ पूर्तिघाट ओकेङ भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइतेहरूलाई उपचारका लागि पाल्पा पठाइएको पूर्तिघाट प्रहरीले जानकारी दिएको छ । जिपमा चालकसहित ७ जना सवार रहेको जनाइएको छ ।
प्रतिक्रिया