कर्णालीको प्राकृतिक स्रोतसाधनलाइ सदुपयोग गर्न सके समृद्धि हासिल गर्न सकिन्छ: मुख्यमन्त्री कडेल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले प्राकृतिक स्रोतसाधनले भरिपूर्ण कर्णाली प्रदेशलाई सदुपयोग गर्न सके समृद्धि हासिल गर्न सकिने बताए । सुर्खेतको बुलबुले तालमा आधुनिक डुङ्गा सञ्चालनको औपचारिक उद्घाटन गर्दै मुख्यमन्त्री कडेलले बुलबुलेलाई पिकनिक स्पटभन्दा पनि सौन्दर्यकरण गरिनुपर्ने बताए  । त्यस्तै, बुलबुले उद्दान क्षेत्रमा स्नान गृह, पिकनिक स्पटलाई परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो । 
मुख्यमन्त्री कँडेलले रारा र काँक्रविहार आफ्नो प्राथमिकता रहेको जानकारी दिए । उनले पैसा हेरेर कार्यक्रम बनाउने होइन कार्यक्रम हेरेर पैसा बनाउनुपर्ने बताए । मुख्यमन्त्री कँडेलले पर्यटन क्षेत्रलाई जति विकसित गर्न सकियो त्यसबाट रोजगारी सिर्जना हुने बताए ।डुङ्गा सञ्चालनपछि बुलबुले आउने आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको छ । केही समय एभिन्यूज खबरको कार्यक्रम खबर भित्रको खबरमा बुलबुले तालको बेहालको समाचार प्रसारण गरेको थियो त्यसैको प्रभाबले  अहिले यसको संक्षणमा स्थानीय, प्रदेश सरकारको ध्यान गएको थियो । अहिले मोटरबोट सुरु भएपछि बुलबुलेमा आउने पर्यटकको संख्यामा वृद्धि भएको छ ।
 

प्रतिक्रिया