मतदान प्रक्रिया स्थगित गरी सहमतिबाट पदाधिकारी चयन गर्ने जसपाको निर्णय

जनता समाजवादी पार्टी नेपालको पहिलो महाधिवेशनमा अध्यक्षबाहेक नेतृत्वका लागि आजका लागि तय भएको मतदान प्रक्रिया स्थगित गरी सहमतिबाट चयन गर्ने निर्णय भएको छ । सबै पदमा सहमतिबाट पदाधिकारी चयनको जिम्मा महाधिवेशन प्रतिनिधिहरुले अध्यक्ष उपेन्द्र यादवलाई दिएका छन् । अब अध्यक्ष यादवले पार्टीका वरिष्ठ नेताहरूसँगको समूहमा छलफल गरी सबै पदमा सहमतिबाट चयन गर्ने भएका छन । अध्यक्षले पार्टीका नेताहरूबीच छलफल गर्ने नाम तय भएपछि महाधिवेशन हलबाट त्यसलाई अनुमोदन गर्ने तयारी गरिएको छ । जसपा नेपालमा २१ जना पदाधिकारीसहित २ सय १ सदस्यीय केन्द्रीय समिति चयन हुनेछन । अध्यक्षमा भने उपेन्द्र यादव निर्विरोध निर्वाचित भैसकेका छन ।  
 

प्रतिक्रिया