कात्तिकदेखि दूधको भुक्तानी नपाएको दुग्ध किसानको गुनासो
![](https://snowberry.prixacdn.net/media/gallery_folder/images%2520(1)_psk8lSJn3l_m5znximi0o2zpfmeejzlx0yqsje3gcpavl64zpnvwbopfru0vb4ibsrb2nad_1XXypW4r90_zopibkutqnyoay0k11dbytz6bcftjothklbylhc3dfkzwqs6bizfrisqyum2.jpg)
चितवनका दुग्ध उत्पादक किसानले गत कात्तिकदेखि दूधको भुक्तानी नपाएको गुनासो गरेका छन् । उनीहरूले ७० करोडभन्दा बढी बक्यौता रकम पाउन नसकेका ह ुन । जिल्ला दुग्ध उत्पादक सहकारी संघका अनुसार जिल्लाका ४० हजार किसानको भुक्तानी रोकिएको छ । एक सय १४ वटा दुग्ध उत्पादक सहकारीमार्फत सङ्कलन गरिएको दूध खरिद गरेका डेरी उद्योगले भुक्तानी नदिएका हुन् । सुजल डेरी पोखराले कात्तिकको भुक्तानी गर्न बाँकी छ । दुग्ध विकास संस्थानको मङ्सिरयताको रु २२ करोड बाँकी छ भने अन्य २८ वटा डेरी उद्योगले पनि किसानलाई पैसा दिएका छैनन् । जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने गरेको छ । यहाँ उत्पादित दूधमध्ये एक लाख ५० हजार लिटर जिल्ला बाहिर जाने गरेको छ । जिल्लामा पाँच सय हाराहारी पशुपालन फार्म छन् । यहाँ एक लाख गाई र ६० हजारभन्दा बढी भैँसी पालेर दूध उत्पादन हुँदै आएको छ ।
प्रतिक्रिया