कुवेतको माग्फा आगलागीमा ज्यान गुमाउनेको संख्या ४९ पुग्यो

कुवेतको माग्फास्थित मजदुर शिविरमा आगलागी हुदाँ ५ जना नेपालीले झ्यालबाट हाम्फालेर ज्यान जोगाएका छन् । यो आगलागीमा परी मृत्यु हुनेको संख्या ४९ जना पुगेको छ ।  आगलागीको घटनामा हाम्फालेर भाग्दा घाइते भएकामध्ये तीन जना नेपालीको अस्पतालमा उपचार भइरहेको छ । जसमा शिवगुञ्ज–झापाका दोर्जे लामा, सिराहाका शिवशंकर पासवान, दिनेशकुमार मण्डल, सन्तोषकुमार गोटी र जाकिर नदप रहेका छन् । लामा र पसवानलाई अदान अस्पतालमा भर्ना गरिएको छ । कुवेतको एनविटिसी कम्पनीमा कार्यरत श्रमिकहरु वस्ने क्याम्पमा आगलागी भएको हो आगलागीमा मृत्यु भएका अधिकांस भारतीय नागरिक भएको पुष्टि भएको छ । मृतकमध्ये ४१ जना भारतीय रहेको दक्षिण भारत केरला र तमिलनाडुका श्रमिक रहेको द टाइम्स अफ इण्डियाले जनाएको छ ।  यसैबीच, भारतका विदेश राज्यमन्त्री कीर्तिवद्र्धन सिंह आज कुवेत जादै छन् । राज्यमन्त्री सिंहले आगलागीको कारणबारे कुवेत सरकारसँग बुझ्ने, घाइतेहरुलाई भेट्ने र शवहरुलाई भारत ल्याउने बताइएको छ । आगलागीमा परी भारतीय नागरिकको मृत्यु भएको घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन् । उनले मृतकका परिवारलाई दुई लाखका दरले राहत उपलब्ध गराउने घोषणा गरेका छन् ।नेपाली दुतावासको अनुसार आगलागीमा नेपाली श्रमिक परे वा नपरेको विषयमा खोजी भइरहेको जनाएको छ । जसमा सबैभन्दा बढी भारतीय श्रमिकहरु रहेका छन् । ४८ जना घाइतेहरुको  अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । कम्पनीमा करिव एकसय ९६ जना श्रमिक वस्दै आएका छन् । 
 

प्रतिक्रिया